प्रदेश नं. १ सरकारको आधिकारिक पोर्टल

The Official Portal of Government of Province No. 1

आन्तरिक मामिला तथा कानून मन्त्रालयका कार्यक्षेत्रहरु
  • प्रदेशशान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना संकलन, मूल्याङ्कन र प्रतिवेदन तथा संघसंगको समन्वय र सहकार्य
  • अतिविशिष्ट व्यक्ति, महत्वपूर्ण भौतिक संरचना, संवेदनशील सार्वजनिक स्थल तथा समारोहको सुरक्षा
  • संघीयर प्रदेश सुरक्षा निकायसंगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय
  • संघीय कानून बमोजिम प्रदेश प्रहरी संचालन, व्यवस्थापन र नियमन
  • प्रदेशभित्रको अपराध अनुसन्धान, सूचना संकलन, रोकथाम, नियन्त्रण तथा समन्वय
  • कानून, न्याय तथा प्रदेश सभा मामिला सम्वन्धी
  • प्रदेशसभामा पेश हुने बिधेयक तर्जुमा र प्रमाणीकरण सम्वन्धी
  • अन्तर्राष्ट्रियसीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना संकलन, विश्लेषण र उपयोग तथा अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहयोग
  • आधारभूतमानव अधिकारको संरक्षण, नागरिक स्वतन्त्रताको रक्षा तथा प्रबर्द्धनमा सहयोग
  • प्रादेशिक कारागार तथा हिरासतको व्यवस्थापन र सुरक्षा, थुनुवा तथा कैदीहरूको मानव अधिकारको संरक्षण र एकप्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा वा कैदीको स्थानान्तरणसम्बन्धी
  • सामुदायिकप्रहरी
  • प्रदेश भित्रको सडक सुरक्षा र ट्राफिक व्यवस्थापन
  • प्रदेश भित्र न्यायिक र अर्ध न्यायिक निकायले गरेका फैसला कार्यान्वयन
  • प्रदेश भित्रका गैरसरकारी संघ, संस्थाहरुको अभिलेख र समन्वय
  • गुनासो र विवाद व्यवस्थापन
  • संघीय मापदण्ड बमोजिम हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थको नियमन
  • फौजदारी कार्यविधि कानूनको कार्यान्वयन
  • अपराधतथा यातना पीडितको पुनर्स्थापना र क्षतिपूर्ति
  • निवारक नजरबन्द र स्थानहद सम्बन्धी
  • अन्तरप्रदेश सम्बन्ध
  • सरकारी प्रयोजनका लागि जग्गा अधिग्रहण तथा सम्पत्ति प्राप्ति सम्बन्धी प्रादेशिक नीतितथा कानुन तर्जुमा, कार्यान्वयन र नियमन तथा जग्गा विवाद समाधान
  • स्थानीय प्रशासनको सन्चालन, व्यवस्थापन र समन्वय
  • पारिवारिक मामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार) सम्बन्धी नीति, कानून र मापदण्डतर्जुमा, कार्यान्वयन र नियमन
  • विपदव्यवस्थापन, जोखिम न्यूनीकरण र विपद् प्रतिकार्य, प्रादेशिक विपद् कोष स्थापना रसंचालन, स्थानीय विपद् कोषमा सहयोग, तथ्याङ्क व्यवस्थापन र अध्ययन तथा अनुसन्धान, विपद् जोखिम क्षेत्र नक्शाँकन र बस्ती स्थानान्तरण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन
  • उपाधि,सम्मान तथा विभूषणको सिफारिस
  • प्रदेशस्तरमा सार्वजनिक बिदा, उत्सव, उर्दी आादिको व्यवस्थापन
  • प्रदेशस्तरमा दिगो शान्ति व्यवस्थापन तथा द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको पुनस्थापन सम्वन्धी
  • सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्ति सम्वन्धी
  • प्रदेशस्तरको विद्युतीय संचार माध्यम संचालन सम्बन्धी नीति, कानून र मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन तथा अनुमति, इजाजत र नवीकरण
  • प्रदेशस्तरमा तारयुक्त र ताररहित ब्रोडब्याण्ड पूर्वाधारको विकास, व्यवस्थापन र नियमन
  • प्रदेशस्तरमा सूचना प्रविधिको प्रवर्धन, सूवना प्रविधि पार्कको निर्माण, सञ्चालन र नियमन
  • प्रदेशभित्र टेलिसेन्टर संचालन, व्यवस्थापन र नियमन
  • प्रदेशस्तरका इन्टरनेट सेवा र अनलाइन तथा अन्य प्रविधिमा आधारित संचार माध्यमको दर्ता, अभिलेख, अनुमति, नविकरण, अनुगमन र नियमन
  • छापा संचार माध्यमको दर्ता, अनुमति, आचार संहिता निर्धारण र अनुगमन, अभिलेखाङ्कन, बर्गीकरण, सञ्चालन र नियमन
  • प्रेस सूचना प्रवाह, सूचना सामग्रीको उत्पादन, प्रकाशन र वितरण
  • श्रमजीवि सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक अनुगमन
  • प्रदेशस्तरीय प्रेस रजिष्ट्रार सम्बन्धी
  • केबुल वितरणको इजाजत, नवीकरण र नियमन
  • सूचनाकोहक सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन
  • चलचित्र निर्माण,हल संचालन तथा प्रदर्शन अनुमति र नियमन